बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा एकैदिन ३ लाखभन्दा बढी कोरोना सङ्क्रमित

सोमबार, ३० फागुन २०७८, १२ : ३३
सोमबार, ३० फागुन २०७८

दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ३ लाख ९ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाखभन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।

उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप