शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

सोमबार, ३० फागुन २०७८, १२ : २५
सोमबार, ३० फागुन २०७८

आफ्नै श्रीमान ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा नवलपरासी पूर्वमा एक महिला पक्राउ परेकी छन् ।  बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई प्रहरीले पक्राउ गरेको हो । 
श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्तलाई ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप