अचेल बदलिएकी हुन् आँचल ?
अभिनेत्री आँचल शर्मा अचेल निकै बदलिएकी छन् । पहिले भन्दा अहिले उनको लवाईदेखि बिचारमा समेत भिन्नता देख्न सकिन्छ । पछिल्लो समय उनी पहिले भन्दा झन् आकर्षक समेत देखिन थालेकी छन् । त्यसको कारण विवाहको केही समयपछि गरिएको प्लास्टिक सर्जरी पनि हुनसक्छ । तर विवाहपछि उनी धेरै समझदार बन्दै गएको अनुभव गर्न थालिएको छ ।
कुनै बेला तौल बढेको कारण हैरानमा परेकी उनको अहिले धेरै फिट देख्न सकिन्छ । उनी खानपानमा विशेष ध्यान दिन थालेको उनका आफन्तले बताउँदै आएका छन् । ब्यबहार मात्र कहाँ हो र उनको अचेल पहिरनको छनौट समेत बदलिएको छ । उनी आफुलाई आकर्षक देखाउन कुनै कसर बाँकी राख्दिनन् । उनले आफ्नो जीवनमा ल्याएको परिवर्तन उनकै करियरमा पनि देखिन थालेको छ । उनी पछिल्लो समय बिभिन्न ब्रान्डसँग जोडिएकी छन् ।
त्यसो त अहिले उनको बिचार पनि परिपक्वता पाउन सकिन्छ । पहिले अन्तवार्तामा हल्काफुल्का जवाफ दिने उनका अचेलका विचार परिपक्वता र व्यवहारिक हुन थालेका छन् । हालै उनले एक अन्तर्वार्तामा कलाकार र पत्रकारहरुको बढ्दो निकटता बारे बोलेकी छन् । ‘कलाकार र पत्रकार आवश्यकताभन्दा बढी नजिकिएका कारणले उनीहरु बीचमा सम्मानको अभाव हुन थालेको छ’ उनले बिचार राखेकी थिइन् । उनको यो बिचारले धेरैले तारिफ गरेका थिए ।
आँचल अहिले फिल्म ‘बर एन्ड बधु’ अभिनयको तयारी गरिरहेकी छन् । मिलन चाम्सले निर्देशन गर्न लागेकोे यो फिल्ममा उनको जोडीको रुपमा विवेक कर्माचार्य देखिँदैछन् । माला आर्टस एकेडेमीबाट अभिनय सिकेका विवेक यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार