बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

निक्षेपको ब्याजदर ६ प्रतिशतमा झार्न माग

सोमबार, ३० फागुन २०७८, १२ : ०३
सोमबार, ३० फागुन २०७८

मोरङ व्यापार संघले बैंकको निक्षेपको ब्याजदर न्यूनतम ६ प्रतिशतमा झार्न सरकारसँग माग गरेको छ । आइतबार प्रदेश नम्बर १ को राजधानी विराटनगर पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई भेटि ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो । बैंकिङ ब्याजदर, निक्षेपमा नै अधिकतम ११ प्रतिशत पुगिसकेको अवस्थामा थप कर्जाको ब्याजदर बढेर व्यवसायीहरुले कर्जा लिन नसक्ने अवस्थामा पुगेको बताउँदै व्यवसायीहरुले उत्पादनमा जान समस्या परेको बताएका छन् । 

अहिलेको आर्थिक समस्याको हल तत्काल तरलताको सहजीकरण गर्दै बैंकिङ ब्याजदर न्यूनतम ६ प्रतिशतमा झार्न अर्थमन्त्रीसँग व्यवसायीहरुले माग गरेका छन् । सोही अवसरमा संघले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत भेटी राजनीतिक समस्यासँगै मुलुकको पुँजीगत व्यवस्थाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडासँगै पूर्वअध्यक्षद्वय महेश जाजू र पवन कुमार सारडा, उपाध्यक्ष (उद्योग) बिकास कुमार बेगवानी, का.का.सदस्यहरु दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशिष गोल्छा, सुशिल सुराना र गोपाल अग्रवाल  उपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप