परिवर्तनको आन्दोलनमा भारतमा रहेका नेपालीको भूमिका प्रशंसनीय : शर्मा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले परिवर्तनको आन्दोलनमा भारतमा कार्यरत नेपालीहरुको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा चुनावको पक्षमा माहोल बनाउन पनि आग्रह गरे ।
भारतको भोपालमा आयोजित अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठकलाई सम्बोधन गर्दै शर्माले सम्भव हुने जति गाउँ फर्किएर फिल्डमै खटिन र सम्भव नहुनेहरुले कार्य क्षेत्रबाटै भएपनि आफ्नो ठाउँमा माओवादीको पक्षमा माहोल बनाउन आग्रह गरे ।
उनले संघीयता, गणतन्त्र, धमनिरपेक्षता, समावेशितालगायत माओवादीकै बलमा स्थापित भएको भन्दै ती परिवर्तनलाई उल्ट्याउन एमालेलगायतका दलहरु प्रयासरत रहेकाले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिए । ‘नेपाली जनताले माओवादी पार्टीलाई पत्याएका छन् । निर्वाचन हारे लोकतन्त्र पनि हार्छ’, उनले भने, ‘यसैले निर्वाचन लडाइँ जित्नै पर्ने बाध्यता छ ।’
यसैगरी प्रवास समन्वय समितिका सचिब टीबी पाठकले संगठनले नै विचार र राजनीतिलाई लागू गर्ने उल्लेख गर्दै बलियो संगठन बिना सही राजनीति र विचार जनताको बीचमा जान नसक्ने बताए । उनले माओवादीको विचार सही भएको बताउँदै पार्टी समाजवादी यात्राको कोर्सबाट नभागेको स्पष्ट पारे । आठौँ महाधिवेशनले पार्टीलाई समाजवादको यात्रामा जाने बाटो तयार पारेको उल्लेख गर्दै पाठकले उत्साही भएर अगाडि बढ्न आह्वान गरे ।
यसैगरी अखिल भारत नेपाली एकता मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारीले प्रवासी नेपालीको नोट चलेपनि भोट नचलेको भन्दै गुनासो पोखे ।
४३ वर्षको इतिहास बोकेको अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठक मध्य प्रदेशको भोपालमा मार्च १२ र १३ गते सम्पन्न भएको हो । राजेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव आरबी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बोहरा
-
अब्बल प्रदर्शन गर्दै आएको गुजरात र उपाधिको माया मारिसकेको राजस्थानबिच दोस्रो भिडन्त
-
मकवानपुरमा बसको ठक्करबाट एकको मृत्यु
-
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
-
आज काममा सुरक्षा र स्वास्थ्यका लागि दिवस
-
भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी