शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

महोत्तरीमा महोत्सवमा दैनिक २५ सयभन्दा बढीको घुइँचो

सोमबार, ३० फागुन २०७८, ११ : ५३
सोमबार, ३० फागुन २०७८

महोत्तरीको बर्दिबासमा जनजातिहरूले आयोजना गरेको महोत्सव चलिरहेको छ । महोत्सवभित्र सयौँ व्यापारिक स्टलहरू राखिएका छन भने रमाइलोको लागि विभिन्न मनोरञ्जनात्मक रोटेपिङ, बच्चाहरुको लागि बालमैत्री खेलहरू राखिएका छन् ।

प्रमुख आकर्षकको केन्द्र भने कलाकारहरूले दिने प्रस्तुति नै हो । विभिन्न राष्ट्रिय कलाकारहरु, सेलिब्रेटीहरूलाई सहभागी गराएर महोत्सवलाई थप आकर्षण बनाउने प्रयास गरिएको छ । महोत्सवले कृषि तथा स्थानिय मौलिक संस्कृतिको पहिचानको लागी स्टल तथा प्रस्तुति दिने भनिए पनि महोत्सवको तेस्रो दिनसम्म खासै अभ्यास गरेको देखिएन ।

महोत्सवभित्र आदिवासी जनजातिहरूको संगठन र संस्थाहरूको ठूला-ठूला ब्यानर देखिए पनि दर्शकहरुले स्थानीय धार्मिक, सांस्कृतिक पहिचान झल्कने दृश्यहरु भने  नियाल्न पाउँदैनन् । कृषि र व्यवसायलाई मुख्य केन्द्रित गरिएको महोत्सवमा स्थानीय उत्पादनहरूको पहिचान झल्कने गतिविधि शून्य देखिएको छ ।

मेलामा १५० स्टल राखिएको छ। जसमा ९ वटा स्टल आदिवासी जनजातिका विविध प्रयोजनका लागि छुट्याइएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप