शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने

सोमबार, ३० फागुन २०७८, ११ : २३
सोमबार, ३० फागुन २०७८

शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । यार्सागुम्बा टिप्ने मान्छेहरूको कथालाई लिएर फिल्म निर्माण हुन लागेको हो । फिल्ममा कर्णाली प्रदेशवासीको भाषा, भेषभुषा र रहनसहन समेत प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए ।

निर्देशक बस्नेतकाअनुसार फिल्मको छायाङ्कन चैत्र अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा भित्र छायाङ्कन हुने फिल्म एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुन लागेको हो । शान्ता शर्माको लगानी रहने फिल्ममा नवदत्त न्यौपानेको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउत मुख्य सहायक निर्देशकमा रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप