शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन–रुस युद्ध : रुसलाई चीनबाट सैन्य मद्दत चाहिएको रिपोर्टको दाबी

सोमबार, ३० फागुन २०७८, ११ : १३
सोमबार, ३० फागुन २०७८

फाइनेन्सियल टाइम्स र न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार रुसले चीनबाट सैन्य र आर्थिक मद्दतको माग गरेको छ । 

रुसले चीनबाट युक्रेनमा सैन्य सामानको आपूर्ति गर्न चाहेको बताइएको छ । 

फाइनेन्सियल टाइम्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुस हमलाको सुरुवातदेखि नै चीनलाई उपकरणका लागि अनुरोध गरिरहेको बताएको छ ।

यद्यपि, अधिकारीले रुसले कस्तो खालका उपकरणको माग गरिरहेको थियो भन्ने कुरा स्पष्ट रुपमा बताएको छैन । 

रिपोर्टका अनुसार चीनले यो मामिलामा रुसलाई मद्दत गर्नसक्ने कुरामा संकेत पाइएको छ । 

न्युयोर्क टाइम्सको एक रिपोर्टमा अमेरिकी अधिकारीलाई उद्धृत गर्द रुसले उमाथि लागेको आर्थिक प्रतिबन्धको प्रभाव कम गर्नका लागि आर्थिक सहायताको माग गरिरहेको बताइएको छ । 

युक्रेनमाथि रुसको हमलामा चीनले हालसम्म आफूलाई तटस्थ देखाउने कोसिस गरेको छ ।

सोमबार अमेरिकाका राष्टिय सुरक्षा सल्लाहकार जेक सुलविन शीर्ष चिनियाँ विदेश निति अधिकारी यांग जीएशेसँग रोममा भेटघाट गर्न सक्छन् । 

एनसीबीसँग आइतबार कुरा गर्दै सुलिवनले अमेरिकाले रुसको आर्थिक हानीको भरपाई चीन वा अन्य कुनै पनि देशले नगरो भन्ने कुराको सुनिश्चित गर्ने बताएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप