नाउलीगाडमा झोलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित हुने
सोमबार, ३० फागुन २०७८, १० : ५३

बाजुराको गौमुल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज, नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे ।
बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ । पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियो ।
पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् । ९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
-
शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी
-
पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण : प्रधानमन्त्री
-
विद्यालय शिक्षा र निजामती सेवासहित ६ विधेयक पास गर्ने सरकारको योजना
-
नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी : यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो