जसपा केन्द्रीय समितिको दोस्रो दिनको बैठक बस्दै
सोमबार, ३० फागुन २०७८, १० : १९
जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बस्न लागेको हो । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो । पहिले दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी एक ढिक्का भएर चुनावमा जाने जसपा संघीय परिषद्को बैठकले घोषणा गरेको थियो । परिषद्को बैठक फागुन २८ गते बानेश्वरको एक पार्टी प्यालेसमा बसेको थियो । सम्भवतः केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने तयारी छ, बैठक कसरी अगाडि बढ्छ त्यो वक्तामा भरपर्ने नेता सुमनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित