तनहुँ दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो
सोमबार, ३० फागुन २०७८, ०९ : ३१
तनहुँको आबुखैरेनीमा भएको दुर्घटनामा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पृथ्वी राजमार्ग स्थित आबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र टाटासुमो ठोक्किएको थियो ।
दुर्घटनामा परेर ग.३च ६०१२ नम्बरको टाटा सुमोमा सवार तनहुँ शुक्ला गण्डकी–८ घर भएका ओम प्रकाश गुरुङ, रुद्र बहादुर सेन र लक्ष्मी कुमारी शाहीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय आबुखैरेनीका अनुसार दुर्घटनामा घाइते भएका ६ जनाको चितवनमा उपचार हुँदै छ । घाइते मध्येका दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको सुमो र विपरीत दिशाबाट आउँदै गरेको ग.२ ख ३०७ नम्बरको बस ठोक्किँदा सुमो पल्टिएको थियो । बस चालक अनिल बयलकोटीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन