सुदूरपश्चिम सरकारमा काँग्रेसलाई सहभागी गराउने सहमति
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने विषयमा छलफल सुरु भएको छ । कैलालीको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि यस विषयमा गठबन्धनभित्र छलफल भएको बताएका हुन् ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । छलफलमा काँग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प्रचण्डले बताए ।
'सबै प्रदेशमा गठबन्धनका पार्टीहरूको सहमतिबाटै सरकार बनेको छ । सबैको प्रतिनिधित्व पनि छ । सुदूरपश्चिममा नेपाली काँग्रेसको प्रतिनिधित्व छैन,' उनले भने, 'सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन गर्ने र नेपाली काँग्रेसलाई सहभागी गराउने कुरा उठेको छ । हामीले गम्भीर ढंगले छलफल गरौं ।'
काँग्रेसलाई सरकारमा सहभागी गराउँदा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने विषयमा छलफल भएको प्रचण्डको भनाइ छ । माधव नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए ।
प्रचण्डले भने, 'नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराउने सहमति भइसकेको छ। कति जना, कसरी, कुन मन्त्रालय भन्ने कुरा टुंगिन बाँकी छ ।' सुदूरपश्चिममा माधव नेपालले आफ्नो पार्टीको नेतृत्व हुनुपर्ने माग राखेको प्रचण्डले खुलाए ।
सुदूरपश्चिममा सबैभन्दा ठूलो दल एकीकृत समाजवादीले सरकारको नेतृत्व लिँदा बागमतीमा माओवादीलाई दिनुपर्ने प्रचण्डको भनाइ छ । माओवादीले बागमती मागेपछि एकीकृत समाजवादी नेतृत्वको मागका विषयमा ब्याक भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने