सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनल र चेल्सीको जित

सोमबार, ३० फागुन २०७८, ०८ : ३४
सोमबार, ३० फागुन २०७८

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल र चेल्सीले जित निकालेका छन् । चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गर्‍याे ।  खेल सकिन एक मिनेट बाँकी रहँदा काई हाभार्टजले चेल्सीको लागि विजयी गोल गरे । 

जितसंगै चेल्सी २८ खेलमा ५९ अंकसहित तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अंक कम हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ ।

आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले समान एक गोल गरे ।

खेलको ११औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई  अग्रता दिलाए ।  खेलको ५९औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० अन्तरको सहज जित दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप