शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीलाई १५ अंकको अग्रता

सोमबार, ३० फागुन २०७८, ०८ : १७
सोमबार, ३० फागुन २०७८

बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे । 

खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने  ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए । 

पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ । दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अंक रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप