बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

सोमबार, ३० फागुन २०७८, ०६ : ३१
सोमबार, ३० फागुन २०७८

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।  इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।

इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन्  । गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।

ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप