नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न सैद्धान्तिक सहमति प्रदान

नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न नबिल बैंकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
एनबी बैंकको एक्विजिसनपश्चात् चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रुपमा स्थापित हुने नबिल बैंकले दाबी गरेको छ । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरूप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँको हुनेछ । पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्ब रुपैयाँभन्दा बढी प्राथमिक पूँजी रहेकोमा एक्विजिसनपश्चात् बैंकको प्राथमिक पूँजी ४४ अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।
दुई बैंक एउटै भएपछि राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरूमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड रुपैयाँभन्दा बढी रहेकोमा एक्विजिसनपश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी कायम हुनेछ ।
एक्विजिसनपश्चात्‌ नबिल बैंकको कूल कर्जा करिब ३ खर्ब १ अर्ब र कूल निक्षेप करिब ३ खर्ब १८ अर्ब रुपैयाँ कायम हुनेछ । साथै, एनबी बैंकसँग एकीकृत कारोबार शुरू भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने