युक्रेनको एलभिभमा नौको मृत्यु, ५७ घाइते
आइतबार, २९ फागुन २०७८, २० : ३४

एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेको छ, “दुर्भाग्यवश हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।” रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौँ मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका शहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।
ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विषेश गरेर दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
-
नामिबियासँग केही लागेन नेपालको, २३ रनले हार्यो
-
प्रतिनिधिसभामा गणपूरक सङ्ख्याबारे प्रश्न उठेपछि...
-
कर्मचारीको संख्या आधामा झार्दैछ अमेरिकी शिक्षा मन्त्रालय
-
समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : प्रचण्ड