सपुतलाई समर्थन गर्दै युथ फोर्सले भन्यो - ‘धम्कि नरोकिए हामी प्रतिकार गर्छौ ’
गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवाद चुलिँदो छ । दशवर्षे सशस्त्र द्वन्दका परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ ।
यस्तैमा गीत विवादमा युथ फोर्स नेपाल भने गायक सपुतको पक्षमा उभिएको छ । युथ फोर्स नेपालले एक विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न अनुरोध गर्दै धम्कि नरोकिए प्रतिकार गर्न आफु तयार रहेको बताएको हो । ‘स्वतन्त्रता, सामाजिक न्याय, उत्पीडित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ । तर पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक सांगीतिक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाइसियल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसबाट ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट भएको छ । कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुन्छ । कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैलाई हुँदैन ।’
देशमा कानुनी राज्य भएको र कानुन उलंघन हुनेगरी प्रसारण भए कानुनी सहायता लिई गीतमा रोक लगाउन सकिने बताएको युथ फोर्स नेपालले धम्कीपूर्ण कार्य रोक्न समेत सुझाव दिएको छ । ‘कानुन सम्बत भएको रचना कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रतिकार गर्ने मुलुकमा युथ फोर्स नेपाल रहेको छ’ युथ फोर्स नेपालका प्रमुख पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण