काबुल विमानस्थल सञ्चालनबारे सम्झौता अन्तिम चरणमा

अफगानिस्तान, टर्की र कतारबीच काबुल विमानस्थल र देशका अन्य थुप्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ । इस्लामिक इमिरेट्सका कार्यवाहक सूचना तथा संस्कृति मन्त्री खैरुल्लाह खैरख्वाले विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको आइतबार बताएको टर्कीको सबाह दैनिकलाई उद्धृत गर्दै टोलोन्युजले उल्लेख गरेको छ ।
खैरख्वाले भने, “टर्की, कतार र अफगान सरकार एक सम्झौता नजिक पुगेका छन्, त्यसैले निकट भविष्यमा यसलाई अन्तिम रुप दिइने छ ।” अफगानिस्तानका प्रतिनिधि मण्डलले टर्की भ्रमण गरेर टर्कीका अधिकारीहरूसँग भेट गरेपछि विमानस्थल सञ्चालनका लागि भएका छलफल सकारात्मक मोडमा पुगेको देखिएको छ ।
दुवै पक्षले काबुल विमानस्थल सञ्चालन गर्ने र अफगानिस्तानका अन्य अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनबारे लम्बिएको सम्झौताबारे छलफल गरेका थिए । शनिबार अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमीर खान मुक्ताकीले टर्कीका विदेशमन्त्री मेव्लुत काबुसोग्लूसँग भेट गरी अफगान विमानस्थललगायत विभिन्न विषयमा छलफल गरेका थिए ।
टोलोन्युजका अनुसार दुवै पक्ष निकट भविष्यमा बाँकी रहेका विवाद समाधान गर्न सहमत भएका छन् । अफगानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा भनेको छ, “दुवै पक्षले काबुल विमानस्थल र अन्य अफगानी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल गरेका थिए । थप छलफल गर्नुपर्ने सम्झौताको प्रावधानको मूल्यांकन गर्दै कतारलगायत दुवै देशले प्राविधिक छलफलमार्फत् सकेसम्म छिटो उल्लेख्य समस्या समाधानको काम गर्ने वचन दिएका छन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी