शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा बृहत् रक्तदान, ४३ पिन्ट रगत संलन

आइतबार, २९ फागुन २०७८, १९ : ४६
आइतबार, २९ फागुन २०७८

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँ बजारको संयुक्त आयोजनामा काठमाडौंको सोह्रखुट्टेमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  

लायन्स अन्तर्राष्ट्रिय क्लबका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लायन्स मल्टिपल चेयरपर्सन मोहन रोक्का, पूर्वडिस्टिङक्ट गभर्नर राजन लम्साल, क्लस्टर २९ चेयरपर्सन शिव शर्मा पौडेल, रिजन ६० चेयरमेन नेत्रप्रसाद गुरागाईं, जोन १२१ चेयरमेन अनिलकुमार थापा, लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराका चार्टर प्रेसिडेन्ट मनोजकुमार श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं नयाँ बजारका चार्टर प्रेसिडेन्ट हसन गोपालीलगायत लायन्स डिस्ट्रिक्टका उच्च पदस्थ अतिथिको उपस्थिति रहेको थियो । 

रक्तदान कार्यक्रममा सहभागी हुनेलाई लायन्स अन्तर्राष्ट्रिय क्लबका डाइरेक्टर बुर्लाकोटी, मल्टिपल चेयरपर्सन रोक्का तथा  पूर्वडिस्ट्रिकक्ट गर्भनर लम्सालले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । त्रिचालिस पिन्ट रगत सङ्कलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले बताए । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला लायन्स क्लबले रगत सङ्कलन गरी उपत्यकाका कान्तिपुर अस्पताल तथा वीर अस्पतालमा दिइरहेको छ । 

लायन्स क्लब नयाँ बजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । विश्व महामारी कोरोना सङ्क्रमणका समयमा विभिन्न अस्पतालमा बिरामीलाई निःशुल्क रक्तदान, खाना तथा गरिब असहाय तथा अशक्तलाई राहत वितरण गर्दै आइरहेको लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा क्लबले केही न केही कार्यक्रम गरी जनताको मन जितिरहेको उक्त क्लबको दाबी छ । लायन्स क्लबको क्लस्टर २९, रिजन ६०, जोन १२१ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा उत्कृष्ट काम गर्ने क्लबका रूपमा रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप