शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सहकारीको ब्याजदर वृद्धि गर्न चाहँदैनौँ : अध्यक्ष कँडेल

आइतबार, २९ फागुन २०७८, १८ : १२
आइतबार, २९ फागुन २०७८

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानले ब्याजदर वृद्धि गर्न नचाहेको जिकिर गरेका छन् । आइतबार ललितपुरमा आयोजित महासंघ र सहकारी पत्रकार समाज (सीजेएन) को संयुक्त छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले अभियानले सहकारीको ब्याजदर वृद्धि गरेर सदस्यहरुको ढाँड सेक्न नचाहेको तर परिस्थितिको दबाबका कारण बढाउनु परको बताए । 


‘हामी पनि सहकारीको ब्याजदर बढोस्, बढ्नुपर्छ भन्ने पक्षमा छैनौं । सकेसम्म सदस्यहरुले सुलभ ब्याजदरमा नै ऋण पाउन् र व्यवसाय गरुन् भन्ने हाम्रो चाहना हो । तर, वातावरण नै कठिन बनेपछि सक्ने स्थिति नै नबनेपछि बाध्य भएर ब्याजदर वृद्धि गर्नु परेको हो’ कँडेलले भने । 

तर, अब तत्काल सहकारीको ब्याजदर नबढ्ने उनले बताए । बरु सन्दर्भ ब्याजदर कायम गरेर भन्दा पनि बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै सहकारीमा पनि आधारदरको व्यवस्था गरेर वैज्ञानिक नीति लिनुपर्ने उनले बताए ।
केही दिन अघि मात्र सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । फागुन महिनाका लागि बैंकहरुले निक्षेपमा नै अधिकतम ११.०३ प्रतिशत ब्याजदर निर्धारण गरेपछि यसको प्रत्यक्ष दबाब सहकारीमा परेको थियो । यसैको दबाब स्वरुप सिंगो सहकारी अभियानले नै सन्दर्भ ब्याजदर वृद्धिका लागि सहकारी विभाग, मन्त्रालय र मन्त्रीलाई दबाब दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप