बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जग्गा नामसारी गर्दा घुस मागेको आरोपमा खरिदारविरुद्ध मुद्दा दायर

आइतबार, २९ फागुन २०७८, १७ : ५०
आइतबार, २९ फागुन २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नामसारी गर्ने सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौंमा कार्यरत खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

उनले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएका छ ।  आयोगले घुस लिँदै गरेको अवस्थामा बस्नेतलाई यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो ।

जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप