बागमती प्रदेशसभा : २ वटा विधेयक पारित, ३ वटा संशोधनका लागि पेश
बागमती प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको दोस्रो बैठक ३ः४५ बस्ने गरी पहिलो बैठक स्थगित गरेका हुन् । आज बसेको प्रदेशसभाको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएका मागहरुको बारेमा जवाफ दिएका थिए । विगत करिव ३ महिनादेखि सदनमा अवरोध गर्दै आएको एमालेले उनको जवाफ पछि भने सदन चल्न दिएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा ३ वटा ऐन संशोधनका विधेयकहरु पेश भएका छन् भने २ वटा विधेयक पारित भएको छ । त्यस्तै एउटा विद्येयक संसद्मा पेश भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनका लागि सदनमा पेश गरेका छन् । उनले संशोधनका लागि पेश गरेको विधेयकहरु सम्बन्धित समितिहरुमा दफावार छलफलका लागि पठाइएको छ ।
त्यस्तै मन्त्री खनालले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सदनमा पेश गरेका छन् । उनले पेश गरेको सो विद्येयक माथि सदनमा छलफल हुनेछ ।
त्यस्तै प्रदेशसभाको बैठकले २ वटा विधेयक पारित गरेको छ । बैठकले प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको हो ।
बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रस्तुत गरेका थिए भने सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए । पारित भएका दुवै विधेयकहरु अब ऐन बन्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ