शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला होः प्रधानमन्त्री देउवा

आइतबार, २९ फागुन २०७८, १६ : १९
आइतबार, २९ फागुन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । 

‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’  

संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए । जनतालाई सुशासनको प्रत्याभूति गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए । ‘अस्तव्यस्त सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ । वातावरण अस्वच्छ भएको छ । वातावरणमैत्री विकासको आवश्यकता छ । आफ्नो नगरपालिकालाई नमुन बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप