मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति

आइतबार, २९ फागुन २०७८, १६ : ०३
आइतबार, २९ फागुन २०७८

फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी  दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीमा पीडित  पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जान गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।

शुक्रबार साँझ शक्तिखोर–फिस्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–२ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१क ८१०८ नं को ट्याङ्कर इच्छाकामना–२ रमाइलो डाडाँमा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको  घटनास्थलमै  मृत्यु भएको थियो । 

उक्त दुर्घटनामा इच्छाकामना–३ का ३० वर्षीय तृर्की गुरुङ र उनका ५ वर्षीय छोरो आरोन तथा इच्छाकामना–२ का २४ वर्षीय नवीन गुरुङको मृत्यु भएको थियो । चितवन प्रहरी प्रवक्ता नरहरी अधिकरीका अनुसार घटना लगत्तै ट््याङ्करका चालक रत्ननगर नगरपालिका–११ का सन्तराम दराईलाई पक्राउ गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप