बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चाबहिल मालपोतका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, २९ फागुन २०७८, १५ : ५४
आइतबार, २९ फागुन २०७८

काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेत विरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप-पत्र दायर गरेको छ ।

बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रक्रियाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस बापत १ लाख ३५ हजार लिएको आरोप छ ।  सूचना र उजुरी निवेदनका आधारमा टंगालबाट खटिएको आयोगको टोलीले बस्नेतलाई घुस लिइसकेको अवस्थामा गत फागुन १२ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा बस्नेतले जग्गा नामसारी गर्ने काममा आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक बार्गेनिङ गरी सहजीकरण गरिदिएवापत् सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जानकारी दिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर गरेकोले बस्नेतलाई एक लाख पैँतिस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको आयोगको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप