बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले देशलाई बन्धकी बनाएको मुख्यमन्त्री केसीको आरोप

आइतबार, २९ फागुन २०७८, १५ : ३६
आइतबार, २९ फागुन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको आरोप लगाएका छन् । उनले प्रमुख विपक्षी दल एमालेले संसद चल्न नदिएर लोकतन्त्र विरोधी काम गरेको बताए ।

आइतबार बुटवलमा हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई सम्वोधन गर्दै मुख्यमन्त्री एमालेलाई लक्षित गर्दै उनले अदालतमा विचाराधीन मुद्धा निकालेर देशलाई बन्धकी राखेको आरोप लगाए ।

एमालेले लोकतान्त्रिक संस्कार बिर्सेर जनताको  आवाज उठाउने संसदलाई बन्धक बनाएको भन्दै उनले त्यसको हिसाव किताब  जनताले चुनावमा देखाउने बताए ।  लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको भन्दै उनले पूँजीगत खर्च, राजश्व संकलन लगायतका कुरामा सरकार सक्रिय रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप