मुख्यमन्त्री पाण्डेले भने– जनताका लागि गरेको खर्च फजुल हुँदैन
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका लागि गरेको खर्च फजुल नहुने बताएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा एमालेले उठाएका मागहरुको विषयमा जवाफ दिँदै उनले भने, ‘मन्त्रालय विभाजन गरेर गल्ती गरेको ठहरिए सजाय भोगौँला तर काम गर्ने प्रयास त गर्नु पर्यो नि । गल्ति भए महशुस पनि गर्न जानेका छौं । सरकारले फजुल खर्च ग¥यो भन्ने हल्ला छ । सरकार खर्च गर्न बनेको हो । जनताको पक्षमा काम गर्न गरेको खर्च पनि फजुल हुन्छ कहीँ ? जनतालाई सेवा दिने काममा सरकारले खर्च गरेको हो दुरुपयोग गरेको होइन ।’
उनले विगतका संरचनामा नै बस्नु पर्ने बाध्यताका कारण एउटै भवनमा मन्त्रालयहरू एकै ठाउँमा राख्नुपरेको बताए । उनले यसअघिका सरकारले ४ वर्षसम्म नेतृत्व गर्दा एउटा पनि भवन संरचना नै नबनाइदिँदा मन्त्रालयहरू एकै ठाउँमा राख्नु परेको उनको भनाइ छ ।
अव्यवस्थित रुपमा वितरण भएको बहुबर्षे योजनाहरुको नियमनको लागि सरकारले कार्यविधि तयार पारेर त्यसै अनुसार कार्यान्वयनमा जाने नीति लिएकाले यसबाट १३ वटै जिल्लामा योजनाहरु छनौट तथा कार्यान्वयनमा सहज हुने उनले बताए ।
औद्योगिक क्षेत्रको उचित व्यवस्थापन र संरक्षणका लागि उद्योग मन्त्रालयले काम गरेको उनले बताए । उनले बालाजु औद्योगिक क्षेत्रमा सरकारी जमिन नीजि क्षेत्रले कब्जा गरेको अवस्था रहेकाले त्यसको संरक्षण र विकासमा काम गर्ने उद्देश्यले प्रदेश सरकार मतहत ल्याउने पहल गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु