खोटाङका विद्यालयमा नाटक ‘बोध’
आइतबार, २९ फागुन २०७८, १५ : १४

कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तु समेटिएको नाटक ‘बोध’ खोटाङका विभिन्न विद्यालयमा प्रदर्शन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिको प्रस्तुतिमा मञ्चित नाटक विद्यार्थीमा लागुऔषधको प्रयोगले पर्ने असर, त्यसबाट समाजमा भएका विविध घटनाको बारेमा बुझाउन मञ्चन गरिएको हो ।
पुर्खाजित राईको परिकल्पना तथा निर्देशन रहेको नाटकमा जेबी डिसी, ज्योति राई, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल, तुलसा राई लगायतको अभिनय छ । नाटकमा विद्यार्थीको उल्लेखनीय सहभागी रहेको र विद्यार्थीले रुचाएको कलाकार जेबी डिसीले बताए ।