प्रतिनिधिसभामा महाभियोग प्रस्तुत, अर्को बैठक चैत २ गते बस्ने
प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध महाभियोग प्रस्तुत भएको छ । आइतबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तुत गरेका हुन् ।
माओवादी केन्द्रका सचेतक देवप्रसाद गुरुङ्ग, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, र नेकपा एकीकृत समाजवादीका सचेतक जीवन राम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक रहेको महाभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेश भएको हो ।
आजको बैठकमा गुरुङले महाभियोग पेश गर्नुका कारण र प्रधानन्यायाधीश राणामाथि लगाइएको आरोप प्रस्तुत गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक चैत २ गते बस्नेगरी स्थगित भएको छ । राणामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा