बानेश्वरमा एक युवकमाथि खुकुरी प्रहार
आइतबार, २९ फागुन २०७८, १३ : ५१
काठमाडौंको मध्य बानेश्वरमा युवकमाथि खुकुरी प्रहार गरिएको छ । गत बिहिबार अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए ।
खुकुरी हानेको घटना महानगरीय प्रहरी वृत बानेश्वरले गुपचुप राखेको छ । खुकुरी प्रहार गरेको ३ दिन भैसकेको छ । तर, आरोपीलाई प्रहरीले पक्राउ गरेको छैन । खुकुरी प्रहारबाट कमन सिंह बोगटी घाइते भएका छन् । बोगटीको शरिरमा ४४ वटा टाँका लगाइएको छ । उनी नेकपा एमाले निकट युवा संघमा आवद्ध छन् ।
पीडित परिवारले अछाम घर भएका ३८ वर्षीय कपील भण्डारीले खुकुरी हानेको दाबी गरेका छन् । कमन सिंह र कपिल पहिले सँगै बस्थे । युवकमाथि खुकुरी प्रहार भएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीसँग भने–‘आरोपीको खोजी भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण