शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकको ४ नयाँ शाखा एकैसाथ उद्‌घाटन

आइतबार, २९ फागुन २०७८, १३ : ५१
आइतबार, २९ फागुन २०७८

नबिल बैंकले काठमाडौं उपत्यकामा आज (आइतवार) एकसाथ ४ नयाँ शाखा उद्‌घाटन गरेको छ । जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखा उद्‌घाटन गरिएको सो बैंकले जानकारी दिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारकेश्‍वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रूपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका-१० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रूपमा उद्‌घाटन गरेका हुन्‌ । 

यस्तै, शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रूपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रूपमा गोंगबु जालपा शाखा उद्‌घाटन गरेका हुन्‌ । उद्घाटन कार्यक्रम/समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको बैंकले जनाएको छ । 

आइतबार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय संख्या १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप