बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

संसदमा भीम रावल : दार्चुलामा भारतले एकतर्फी बनाएको तटबन्धबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ

आइतबार, २९ फागुन २०७८, १३ : ५०
आइतबार, २९ फागुन २०७८

नेकपा एमालेका सांसद भीम रावलले दार्चुलाको महाकाली नदी बंगाबगरमा भारतले एकतर्फी रुपमा बनाएको तटबन्धबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले  दार्चुला जिल्लाको बंगाबगरमा एकतर्फी रुपमा भारतले तटबन्ध बनाउने काम गरिरहेको र त्यसको बिरुद्धमा नेपालले कुनै आवाज नउठाएको भन्दै प्रश्न गरे । भारतले अन्र्तराष्ट्रिय कानुन र छिमेकीसँगको मैत्री सम्बन्धनलाई उल्लंघन गर्दै नेपालको भूभागमा मिचेको उल्लेख गरे । 

भारतले एकतर्फी रुपमा डोजर चलाउँदा सरकारले नबोल्नु दुःखद रहेको बताउँदै उनले त्यसबारेमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए । उनले नेपालले चुच्चे नक्सा जारी भएपछि भारतसँग कहिले वार्ता भयो ? भन्ने प्रश्न गरे ।  भारतीय प्रधानमन्त्रीले लिपुलेकसम्म बाटो बनाउनेलाई धन्यवाद दिँदा नेपाल सरकारले बिरोध नगरेकोमा विरोध गरे । उनले बंगाबगरमा भारतले गरेको हस्तक्षेपलाई रोक्न सभामुखको तर्फबाट समेत सरकारलाई निर्देशन दिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप