मध्यरातमा आगलागी, २५ घर जलेर नष्ट, लाखौंको क्षति
आइतबार, २९ फागुन २०७८, १३ : १८
![मध्यरातमा आगलागी, २५ घर जलेर नष्ट, लाखौंको क्षति](https://rpcdn.ratopati.com/media/albums/aago-fire-ratoapti_BBX3r0uas1.jpg)
सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएको हो ।
आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५ वटा घर जलेर नष्ट भएको छ।
स्थानीय चनरी देवी यादवले छोरीको विवाहको लागि जोहो गरेको लुगाफाटो र अन्य सरसामान जलेर नष्ट भएको दुखेसो पोखिन् । खाने खाद्यान्न सामग्री, लत्ताकपडा ,रूपैयाँ पैसा जोगाउन नसकेपछि पीडितलाई दुई छाक हात मुख जोर्न समस्या भएको छ। आगोलाई बारूणयन्त्र, स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै केन्द्रीय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुङ्गो लगाउने एकीकृत समाजवादीको निर्णय
-
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो
-
भैँसीबाख्रा उद्धार गर्न जाँदा २ जना बेपत्ता
-
प्रतिपक्षको भूमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सीमित भयो : सभामुख घिमिरे
-
मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु