बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
आइतबार, २९ फागुन २०७८, १२ : १६

सरकारले नियमित खोप अन्तर्गत बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी २५ चैत देखि १८ वैशाखसम्म बालबालिकालाई खोप खोप लगाउने तयारी छ ।
१५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन् । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ सम्म एक पटक लगाउनुपर्छ । टाइफाइडविरुद्धको खोप विद्यालय तथा खोप केन्द्रबाट बालबालिकालाई लगाइने योजना बनाएको खोप शाखाका प्रमुख दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार