सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सकियो फिल्म निर्माण कार्यशाला

आइतबार, २९ फागुन २०७८, ११ : २७
आइतबार, २९ फागुन २०७८

चलचित्र निर्देशक समाजले आयोजना गरेको आधारभूत फिल्म निर्माण कार्यशाला शनिबार सकिएको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँगको सहकार्यमा धरानको हरियाली सामुदायिक वनको सभा हलमा ५ दिनसम्म चलेको कार्यशालामा लेखनदेखि बजारीकरणसम्मका बिषयमा कक्षा सञ्चालन भएका थिए । 

चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले यसअघि बाराको निजगढमा गरेको कार्यक्रम बाँकी प्रदेशमा पनि विस्तार गर्ने लक्ष्य अनुरुप धरानमा कार्यशालाको आयोजना गरेको बताए । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले मोफसलका फिल्म र फिल्मकर्मीको अस्तित्व दरिलो बनाउने अभिप्रायले कार्यशालाको आयोजना गरिएको बताए ।

‘मोफसलबाट पनि भविष्यका फिल्मकर्मी तयार गर्ने हाम्रो मुख्य लक्ष्य हो । सीप अभिवृद्धिका कार्यक्रम गर्दा फिल्म साक्षरता बढ्ने र यसले समग्र मनोरञ्जन क्षेत्रमा प्रभाव पार्ने देखेर कार्यशालाको सुरुवात गरेका हौँ’प्रधानले भने ।
महासचिव दिनेश कोइरालाले आगामी दिनमा पूर्वका पर्यटकीय स्थानलाई सुटिङ गन्तव्य बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले गरेको कार्यशालाले पनि यो कामको सुरुवात गरेको पनि उनको भनाइ थियो । 

प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाका ५० बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षणमा नीर शाह, युवराज लामा, प्रकाश सायमी, दीपाश्री निरौला, रक्षा सिंह राणा, भोला सापकोटा, जनकदीप पराजुली, पुरुषोत्तम प्रधान, सामीप्य तिमल्सिना लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप