सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

आइतबार, २९ फागुन २०७८, ११ : २१
आइतबार, २९ फागुन २०७८

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ । बैंकले पाँच वर्ष (२०८३ चैत ३० गतेसम्म) का लागि आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो । 
आइतबार एक सूचना जारी गर्दै बैंकले बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ । सूचना अनुसार पाँच वर्षे वचत पत्रमा बैंकले वार्षिक अधिकतम १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ब्याज भने छ÷छ महिनामा वितरण हुनेछ । 
इच्छुक खरिदकर्ता (लगानीकर्ता)ले घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । यस बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप