डलरको भाउ १२३ रुपैयाँ नजिक, अरु देशको मुद्राको दर कति ?
आइतबार विदेशी मुद्राको विनिमयदर नेपाली रुपैयाँमा अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८५ पैसार पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ १३ पैसा रबिक्रीदर १३४ रुपैयाँ ७९ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९रुपैयाँ ८२ पैसा र विक्रीदर १६०रुपैयाँ ६० पैसा रहेकोराष्ट्र बैंकले जनाएको छ ।
यस्तै,स्वीस फ्रेङ्कएकको खरिददर १३१ रुपैयाँ २३पैसा र विक्रीदर १३१ रुपैयाँ ८७ पैसा रहेकोछ भने अष्ट्रेलियन डलरएकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र विक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ ।
क्यानेडियन डलरआज एकको खरिददर ९५ रुपैयाँ ६९पैसा रहेको छ भने विक्रीदर ९६ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४६ पैसा र विक्रीदर १० रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १९ रुपैयाँ ३० पैसा र विक्रीदर १९ रुपैयाँ ४० पैसा रहेकोबैंकले जनाएको छ ।
यता साउदी अरबियन रियाल आज एकको खरिदर ३२ रुपैयाँ ५९ पैसा र विक्रीदर ३२ रुपैयाँ ७५पैसा रहेकोमा कतारी रियालएकको खरिदर३३रुपैयाँ ४५ पैसा र विक्रीदर ३३ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई खेलअघि नै इङ्ल्यान्डले शृङ्खला जित्ने पक्का, इन्डिजलाई तीन विकेटले हरायो
-
तस्बिरमा हेर्नुहोस् राष्ट्रपति पौडेलको स्वदेश फिर्ती
-
स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय, सर्वोच्चको यस्तो छ फैसला
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
माथिल्लो कर्णाली आयोजना : १६ वर्षदेखि लगानीको प्रतीक्षा, दुई महिना म्याद बाँकी
-
इङ्गल्यान्डका चर्चित क्रिकेटर रवि बोपराले चितवन राइनोजबाट खेल्ने