‘परस्त्री’को शुभमुहूर्त
फिल्म ‘परस्त्री’को शुभ मुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा एक कार्यक्रमकाबीच फिल्मको मुर्हूत गरिएको हो । सुरज पाण्डेको डेब्यू निर्देशन रहने फिल्मको मुहूर्तसँगै छायांकन समेत सुरु भएको छ । फिल्मको छायांकन गीतबाट गरिने भएको छ । जसका लागि निर्माण युनिट आजै मुस्ताङ हिँडेको छ ।
फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनी मात्रै फिल्म खिच्ने कार्यक्रममा जानकारी दिए । मुस्ताङमा १० दिनसम्म गीतको छायांकन हुन उनको भनाई रहेको छ ।
नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण हुने बताइएको फिल्म डिएस डिजिटलको व्यानरमा निर्माण हुन लागेको हो । फिल्मकी निर्माता निर्माता शर्मिला पाण्डे हुन् ।
फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या