सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक

हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन्। बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् ।
उनले भने, “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ । ” उनले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत गरेका थिए । उनले तीन दिन लगाएर सरसफाइ गरे । सफाइ गर्ने औजार पनि उनी आफैँले किनेका थिए । तीनधारामा भने उनलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए ।
सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका थिए । सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही