काँग्रेस अछामद्वारा सबै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियान सञ्चालन
आइतबार, २९ फागुन २०७८, ०९ : ५१

नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुकाम मंगलसैनबाट कार्यक्रमको शुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ ।
काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ । आज मंगलसैन नगरपालिका, ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने छ ।
यस्तै चैत ९ मा रामारोशन गाउँपालिका, १० मा बान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?