साताको कार्टुन : गठबन्धनको गन्तव्य !

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी तालमेल र गठबन्धनबारे विवाद र चर्चा चुलिएको छ । विशेष गरेर सत्तारुढ गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने बारे बहस सुरु भएको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका अन्य घटकलाई आगामी निर्वाचनमा चुनावी गठबन्धन गरेर नै अघि बढ्ने आश्वासन दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पनि गठबन्धन गरेर चुनावमा जाने पक्षमा छन् । तर, काँग्रेसको संस्थापनइतर रहेका नेताहरूले चुनावी गठबन्धन गर्नेबारे फरक मत राख्दै आइरहेका छन् । काँग्रेसको बुई चढेर अन्य दल सत्तामा जान खोजेको उनीहरूको आरोप छ ।
पछिल्लो हप्ता यही विषयलाई लिएर सत्तारुढ दलभित्र आरोप प्रत्यारोप नै चल्यो । सभापति देउवाले पार्टीका नेताहरूलाई गठबन्धनविरुद्ध अभिव्यक्ति नदिन कडा शब्दमा निर्देशन नै दिएका छन् । यही विषयमा केन्द्रित रहेर तयार गरिएको यो साता कार्टुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल