राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङमा नेतृत्व चयन
राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिइरहेको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू गठन भइरहेका छन् । यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरूको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।
चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिति गठन भएको छ । यसै गरी धादिङ जिल्लामा लोसपा जिल्ला कार्य समिति राप्रपा नेपालमा समाहित भएको छ । लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हिजो मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।
जनवर्गीय सङ्गठनहरूमा युवक,विद्यार्थी,महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन् । केही दिन भित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान