आजबाट काँग्रेसको एक महिने चुनावी अभियान, ७७ जिल्ला पुगे केन्द्रीय प्रतिनिधि

सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार (आज)बाट सुरु गर्दैछ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु हुन लागेको हो ।
अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले रातोपाटीलाई बताए । ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म काँग्रेसले अभियान थाल्दै छ ।
प्रवक्ता महतका अनुसार काँग्रेसलाई चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन अभिवृद्धि गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको छ । महतले अभियानका क्रममा स्थानीय निर्वाचनमा काँग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गरिने बताए।
पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गर्दै अभियानले बृहत्तर रूपमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गरिएको उनको भनाइ छ । अभियान सञ्चालनअघि नै काँग्रेसले जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू सम्पन्न गरेको छ ।
टोल समिति गठनलाई पनि उसले तीव्रता दिएको छ । अभियान र संगठन निर्माणसँग सँगै लगिने प्रवक्ता महतले बताए । पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिले तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राखिने उनको भनाइ छ ।
आफ्नो कुरा भन्नेमात्र होइन, जनताको काँग्रेसप्रतिको अपेक्षा के छ त्यो सुनेर सोहीअनुसारका नीति तथा कार्यक्रम पनि बनाउनेछौँ,’ उनले भने । काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र जनप्रतिनिधिलाई भने चुनावी अभियानमा खटाएको छैन ।
महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘कार्यसम्पादन समितिका सदस्यहरु पनि विभिन्न कार्यक्रममा जान्नुहुन्छ । तर प्रतिनिधि भएर केन्द्रीय सदस्यलाई मात्र खटाइएको छ ।’ उनले अगाडि भने, ‘केन्द्रीय सदस्यमा पनि जो कार्यसम्पादन समितिका सदस्य, सांसद र स्थानीय तहको प्रमुख उपप्रमुख हुनुहुन्छ । उहाँहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छैन ।’
केन्द्रीय सदस्यहरु विराटनगर महानगरपालिका मेयर भीम पराजुली, धनगढी उपमहानगरपालिका मेयर नृप वड, उप मेयर सुशीला भट्ट मिश्र लगायतलाई प्रतिनिधिको रुपमा खटाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस