बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकाका नवनियुक्त राजदूत श्रीधर खत्रीलाई स्वागत

आइतबार, २९ फागुन २०७८, ०७ : २२
आइतबार, २९ फागुन २०७८

अमेरिकाका लागि नवनियुक्त राजदूत प्रा. श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका आएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न राजदूतावासका कार्यबाहक राजदूत कुमार राज खरेल, महावाणिज्यदूत प्रेम राजा महत लगायत दुतावास परिवार त्यहाँ पुगेको थियो।

राजदूत प्रा खत्रीलाई पुष्प गुच्छा र खादा लगाई स्वागत गरिएको छ । प्रा खत्रीले ईनेप्लिजमार्फत अमेरिकाका रहेका नेपालीहरुलाई सन्देश दिएका दिए। उनले ईनेप्लिज संग कुरा गर्दै एमसीसी संसदबाट पारित भएको मा अब अझ अमेरिका र नेपाल बीच सम्बन्ध राम्रो हुन्छ भन्ने बताए । साथै अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गर्ने आफू विश्वस्त भएको बताए ।

त्यसैगरि महावाणिज्यदूत प्रेम राजा महतले पनि राजदूत खत्री आएकोमा हर्ष व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राजदूत प्रा खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदूतमा नियुक्त गरिएको हो । 

राजदूत प्रा श्रीधर खत्रीले गत बुधबार शपथ ग्रहण गरेका थिए । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत बनाएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई फिर्ता गरेर वर्तमान सरकारले खत्रीलाई नियुक्त गरेको हो । संसदबाट एमसीसी अनुमोदन भएकै दिन खत्री नियुक्त भएका थिए । 

प्राध्यापक खत्री नेपालको अन्तर्राष्ट्रिय मामला विज्ञ मानिन्छन् । उनले लामो समयदेखि नेपालको विदेश नीति निर्माणमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । 

खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिक विज्ञ हुन् ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप