शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रुसी सेनाले नै भन्यो — युक्रेनमा मानवीय अवस्था डरलाग्दो

आइतबार, २९ फागुन २०७८, ०६ : ३३
आइतबार, २९ फागुन २०७८

किभ-युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो । 

‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने । 

युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत, पानी, खाद्यन्न र औषधिबाट बन्चित भएको उनले बताए ।

 दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रबादीहरुले घेरा हालेको सहरमा लाखौं मानिस फसेको उनले बताए । ‘विदेशीसहित लाखौं मानिसहरुलाई राष्ट्रबादीहरुले नियन्त्रणमा लिएका छन् ’, उनले भने ।  युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप