आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनधिकृत रिचार्ज कार्डहरू बिक्री भइरहेकाले सचेत रहन टेलिकमको आग्रह

आइतबार, २९ फागुन २०७८, ०६ : १२
आइतबार, २९ फागुन २०७८

बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेकाले सचेत रहन नेपाल टेलिकमले आग्रह गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

सूचनामा भनिएको छ, 'यस नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, NTFiber आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त E-PIN तथा MPOS मार्फत समेत रिचार्ज सेवा उपलब्ध गराइरहेकोमा हाल बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको जानकारीमा आएकाले सम्पूर्ण ग्राहक महानुभावहरूलाई सचेत रहन तथा नेपाल टेलिकमको आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप