आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा वैद्यखाना
चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादनमा गम्भीर गृहकार्य नगरेको एक मात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना आर्थिक वर्षको अन्त्यतिर जडीबुटीको खोजीमा लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले आयुर्वेदिक औषधि उत्पादनलाई उच्च प्राथमिकतासाथ अघि बढाउन निर्देशन दिएपछि वैद्यखाना औषधि उत्पादन बढाउने गरी तयारीमा जुटेको छ ।
कोभिड प्रकोप सुरु भएपछि आयुर्वेदिक औषधि उत्पादन वृद्धि गरी नागरिकलाई सेवा दिएर मुनाफा आर्जन गर्ने अवस्थामा पनि सुस्ताएको वैद्यखानामा चालू आवको आठ महिनामा उत्पादन गर्ने सूचीमा रहेका दुई सयमध्ये ३५ वटा औषधि उत्पादनमै सीमित भएको छ । वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले जडीबुटीको जोहो गरेर चाँडै उत्पादन थप गर्ने बताए । उनका अनुसार औषधि उत्पादन बढाउने लक्ष्यसाथ बोलपत्र आह्वानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ तर औषधि खरिद गर्न बोलपत्र खुलाउने विषय अझै निष्कर्षमा पुगेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका जान हिँडेका रुकुमका नेपाली युवक चीनमा पक्राउपछि डिपोर्ट
-
बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार
-
सन् २०१७ मा भएको एमओयूकै सेरोफेरोमा बीआरआईमा सम्झौताहरू हुन्छन् : परराष्ट्रमन्त्री
-
मुलुकले औद्योगीकरणमा फड्को मार्न सकेन : अर्थमन्त्री पाैडेल
-
राष्ट्र बैंकको तटस्थताले सेयर बजारमा अन्योल
-
तारकेश्वरमा दुर्घटनापछिको तनाव, तस्बिरहरू