कालोझण्डा देखाउनेलाई सम्मान : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले आफुलाई कालोझण्डा देखाउने जनमतका कार्यकर्तालाई सम्मान रहेको बताएका छन् । रुपन्देहीको धकधईमा कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाणले कालो झण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको बताउँदै उनले झण्डा देखाउनेलाई सम्मान रहेको बताए ।
गृहजिल्लामै कालोझण्डाको सामना गर्नुपरेको बताउँदै गृहमन्त्री खाणले भने, ‘झण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताहरूलाई सम्मान गर्छु । उहाँहरुले कालो झण्डा देखाएर बिरोध जनाउनुभएको होला । कालो झण्डा देखाउने अधिकार पनि नेपाली काँग्रेसले नै प्रदान गरेको हो । नेपाली काँग्रेसले विरोध, असहमतिलाई सहजतापूर्वक लिन्छ, लोकतान्त्रिक शासन व्यवस्थामा बिरोध गर्न पाइन्छ ।’ कालो झण्डा देखाइए पनि खाँणले त्यसको सम्मान गरेको बताए ।
किसानहरुको हितलाई लिएर विगत लामो समयदेखि आन्दोलनरत रहे पनि सरकारको ध्यानाकर्षण नभएको बताउँदै जनमत पार्टीका कार्यकर्ताले गृहमन्त्री खाँणलाई कालोझण्डा देखाएका हुन् ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले एमसीसी परियोजनाले राष्ट्रियता बलिया बनाउने र यसले नेपालको विकासमा ठूलो आधारशिला तयार गर्ने बताए । अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा विजुलीको तारबाट अमेरिकाको सेना र गोलाबारुद नआउने उनले प्रष्ट्याए ।
सरकारको ध्यान वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको समेत उनले बताए । उनले भने, ‘समाजमा भारी परिवर्तन भएको छ, समाज धेरै अगाडि बढेको छ, परिवर्तनलाई रोक्न, छेक्न सकिँदैन, यसलाई व्यवस्थित गर्ने हो ।’ उनले व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम गर्न नहुने बताए ।
कार्यक्रममा नेकपा एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव भोला क्षेत्री, रोहिणी गाउँपालिका कमिटी अध्यक्ष पवि क्षेत्री, नेकपा एमाले रोहिणी गाउँपालिका वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सहसचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खाँन लगायत ५ सय जना कांग्रेस प्रवेश गरेको क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव बैजनाथ सहनीले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, केन्द्रिय सदस्य अब्दुल रज्जाक लगायतले बोलेका थिए ।
रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा जाँदै गर्दा गृहमन्त्री खाणलाई जनमतले कालो झण्डा देखाएका थिए । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल