आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना, कम्तीमा ६० जनाको मृत्यु

शनिबार, २८ फागुन २०७८, २१ : २८
शनिबार, २८ फागुन २०७८

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् ।  लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भने, ‘डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ 

घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको थियोे । भग्नावशेषमुनि फसेका शवहरु निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ । सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ । जीर्ण रेलमार्गको अवस्थाको कारण देशको यस भागमा रेल दुर्घटनामा परी हरेक बर्ष सयौँ मानिसको मृत्यु हुने गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप